Logo

हुन्डाई फेस्टिभ डिलाइटका विजेताले पाए पुरस्कार

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथलीस्थित हुन्डाई शोरुममा आयोजित कार्यक्रममा विजेतालाई कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्वारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
सो अफरअनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि नि:शुल्क बिमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्रमार्पmत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए ।
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्रमार्फत ९ भदौमा गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेका थिए ।
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए ।
सो योजना २४ भदौदेखि ३० कात्तिक २०७८ सम्म लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्