Logo

वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगी नियन्त्रण गर्ने आश्वासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् ।
आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशमा समेत एजेण्टमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए । उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका देशमा समेत एजेण्टले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन सुरु गरेको बताए ।
मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताए । वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अफ्ठ्यरो लागेको भन्दै उनले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्नसमेत नसकिएको बताए । उनले अनुगन गर्न टोलीले प्रमाण र पैसा केही नभेट्ने गरेको बताए । मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताए । उनले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताए ।
मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भएपनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे । उनले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए ।
मन्त्री कुवरले आइतबार चार जना श्रमिकको गुनासो सुनेका छन् । वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्