Logo

टीकापुर उवासंघको अध्यक्षमा सापकोटा

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रपाणी सापकोटा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्द्वी तपेन्द्र स्वाँरलाई ७० मतले पराजित गरेका हुन् । सापकोटाले ४ सय ६५ मत पाएका छन् भने स्वाँरले ३ सय ९५ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र शाहले १ सय २५ मत पाएका छन् ।
यसैगरी, उद्योग उपाध्यक्ष पदमा सन्तोष खड्काले ४८८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्धी जगतराज चौधरीले ४४३ मत प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्ष पदमा कृष्णप्रसाद उपाध्याय बजगाईले ६ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी नैनसिंह केसीले ३ सय १५ मत प्राप्त गरेका छन् ।
महासचिव पदमा नवराज रिमाललृ ५०८ मत प्राप्त गरी विजयी भएका छन् ।सचिव पदमा तपेन्द्र कुँवरले ४ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्ष पदमा लोकेश साउँदले ३ सय ६४ मत प्राप्त गरेका छन् ।
शनिबार भएको मतदानमा १ हजार ३८ मत खरेको थियो । निर्वाचनबाट ११ जना सदस्यसमेत निर्वाचित भएका छन् । संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल तीन वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्