रातो नम्बर प्लेटका गाढी प्रहरीको नियन्त्रणमा

मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका ग्रामीण बस्तीमा रहेका सडक सन्जालमा चल्दै आइरहेका एक दर्जन भन्दा बढी रातो नम्बरका गाडीमध्ये आधा दर्जन गाडी प्रहरीको नियन्त्रणमा छन् ।
यातायात कार्यालयको नियमअनुसार रातो नम्बर प्लेट भएका गाडीहरू व्यक्ति गर्त र कुनै पनि कामको प्रयोग गर्दा रिर्जाभका लागि प्रयोजनमा सञ्चालन गरीने गाडीहरू मुगु जिल्लाको सदरमुकाम र बिभिन्न ग्रामीण बस्तीमा रहेका सडकमा कानुनविपरीत यात्रुहरू ओसार पोसार गर्दै आइरहेको हुँदा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय मुगुले नियन्त्रणमा लिएको हो रातो नम्बरको पेलिट भएको सवारी साधन जु प्रयोगमा ल्याएको हो सोही प्रयोजनको लागी मात्र प्रयोग गर्ने र यात्रुहरू ओसारपोसार गरेको भेटिएको हँुदा नियन्त्रणमा लिई पहिलो पटक सामान्य जरिमाना गरिएको र पुन:यात्रुहरू भोकेको भेटीएकोमा कानुन वमोजिक कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी सुवास हमालले बताए ।
जिल्ला सदरमुकाम र बिभिन्न ग्रामीण सडकमा चल्दै आएका रातो प्लेट नम्बरका गाढी धनिहरूलाई जानकारी गरी सकेका छौं यात्रु ओसार पोसार गर्ने हो भर्ने आउँदो दसंैसम्म सबै गाडीहरू कालो प्लेट नम्बरको बनाउन लागाउर्ने र अनिमात्र यात्रु बोक्न लगाउने गरी पत्रचार भै रहेको छाँयानाथ यातायात प्राणालीका महासचिव नेताप्रसाद चौलागाईंले बताए ।
रातो प्लेट नम्बरका गाडीहरू तत्काल कालो नम्बरको अनाउनु होस् बरु प्रशासनको तर्फबाट कुन यातायात कार्यालयमा के समन्वय गर्नुपर्ने हो गर्न तयार रहेको छ । सबैले कानुन नीति नियमअनुसार यातायात सन्चालन गर्नु पर्ने पर्छ । नियम बिपरीत चल्र्ने सवारी साधनलाई सवारी सन्चालन ऐन नियम कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए।