प्रधानन्यायाधीशविरुद्ध जिल्ला प्रशासनमा डा.केसीको निवेदन «

प्रधानन्यायाधीशविरुद्ध जिल्ला प्रशासनमा डा.केसीको निवेदन

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको हो । न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लेखित जन्म मिति फरक रहेको विषयमा पहिले पनि विवाद भएको थियो । सो विषय डा.केसीले पराजुलीको राजीनामा माग गर्दै अनसन बसेपछि पुनः सतहमा आएको हो । केसीविरुद्ध अदालतको अवहेलना मुद्धा लागेपछि उनले बहसमा क्रममा केसीमाथी छानविनको माग गरेका थिए । क्रममा सर्वोच्च अदालतले पराजुलीको नागरिकताको प्रतिलिपि पेश गर्न आदेश गरेको थियो । तर, अहिलेसम्म अदालतमा पेश नभएपछि जिल्ला प्रशासनका निवदेन दायर गर्नुपरेको केसीले जनाउका छन् ।
जिल्ला प्रशासनमा दायर भएको निवेदनमा पराजुलीको नाममा फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी भएका नागरिकताको प्रतिलिपी, त्यसबेलाका मिसिल फाइल सिफारिश र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् । डा.केसीसँगै अभिषेकराज सिंह, अधिवक्ता सुरेन्द्रराज भण्डारी, विनोद अर्याल रराजिव यादवले सामुहिक रुपमा पराजुलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । “के कति कारणले कुन निर्णयका आधारमा फरक फरक पारी तीन वटा नागरिकता प्रमाणपत्र र प्रतिलिपि जारी गरिएको हो भन्ने विषयको यथार्थ एवं आधिकारिक सुचना पाउने हक नेपाली नागरिकलाई छ,” निवेदनमा उल्लेख छ,“उहाँका विवादित नागरिकताका प्रमाणपत्रहरु र ती प्रमाणपत्र जारी गर्दा खडा गरिएका फाइल,सिफारिस,नागरिकत दिने वा प्रतिलिपि जारी गर्ने निर्णयलगायतका विषयहरु प्रधानन्यायाधीशको पदावधि,न्यायालयको गरिमा, याय प्रशासन तथा न्याय सम्पादनसँग प्रत्यक्षरुपमा सम्बन्धित सार्वजनिक महत्वका सुचना हुन् ।” निवेदनमा सो विषय सार्वजनिक महत्वको विषय भएको भन्दै नागरिकतासम्बन्धि विवादको वस्तुनिष्ठरुपमा समाधान गर्ने प्रयोजनका लागि जिल्ला प्रशासन कायालयमा रहेका सो सम्बन्धि सुचना दिन माग गरिएको छ ।
यसैबिच डा.केसीका वकिल अधिवक्ता सुरेन्द्र भण्डारीले आफुलाई ज्यन मार्ने धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । प्रधानन्यायाधीश पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै भण्डारीले निवेदन दिएका हुन् । प्रशासनले आवश्यक सुरक्षा प्रदान गर्न बुधबार नै महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार समेत गरिसकेको छ । अदालतको अपहेलना मुद्दामा केसीलाई भण्डारीकै रोहबरमा गत फागुन ८ गते उपस्थित गराउने गरी पुस २६ गते सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्