Logo

एनआईसी एसियाको दसैं, तिहार र छठ अफर

एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म नि:शुल्क आन्तरिक रेमिट्यान्स (पैसा) पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले १५ भदौदेखि १५ कात्तिकसम्म लागू हुने गरी नयाँ योजना ल्याएको हो । बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ नि:शुल्क रुपमा रकम पठाउन सक्नेछन् । सेल्फ हेल्प बैंकिङ्गको अवधारणाअनुरुप एनआईसी एसिया मोब्यांकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एसिया मोबाइल बैंकिङबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोब्यांकभित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्