Logo

नाडा इभि एक्सपो २०२२ को तयारी तीव्र

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको इभि एक्सपो २०२२ को तयारी तीव्र रुपमा अघि बढेको नाडाले जनाएको छ ।
सो प्रदर्शनीमा चार पांग्रे, तीन पांग्रे दुई पांग्रे विद्युतीय सवारी साधनको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीसमेत गरी ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा ६ देखि ९ असोजसम्म आयोजना हुने इभि एक्सपोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम गरिएको नाडा नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्