इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल जंगलबाट काटेर ल्याइएको लिङ्गो

इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल जंगलबाट काटेर ल्याइएको लिङ्गो आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्याइँदै । विगत वर्षमा जंगलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर भोटाहिटीसम्म ल्याउने प्रचलन रहे पनि कोभिड महामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्याउने गरिएको छ । तस्बिर : रासस