सन्राइज बैंकलाई एक्सिलेन्स इन प्रडक्ट इनोभेसन अवार्ड

सन्राइज बैंक ‘एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन २०२२’ बाट सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले नयाँ, उपयोगी र भरपर्दो सेवा दिए बापत उक्त अवार्ड दिने बैंकले बताएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम डुंगानाको उपस्थितिमा बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।
बैंकले सहकारी सदस्यहरूलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिँदै आएको छ ।
यसका साथै समय सापक्ष रूपमा प्रविधि युक्त विभिन्न सेवा सुविधासमेत दिँदै आएको बैंकले बताएको छ ।