Logo

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

कुमारी बैंक नेपालले ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ ।
भिसा इन्टरनेसनलले ‘कुमारी बैंकलाई ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड प्रदान गरेको हो । यो अवार्ड कुमारी बैंकलाई नयाँ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो । स्थापनाकालदेखि डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै सेवाको प्रभावकारिता र डिजिटल सामथ्र्यता सुदृढीकरण गर्दै आएको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्