गोल्डन ओक १२औं कृति अवार्डसमा उत्कृष्ट मनोनयन घोषणा «

गोल्डन ओक १२औं कृति अवार्डसमा उत्कृष्ट मनोनयन घोषणा

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनहरुमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु घोषणा भएको छ ।
आनले एक कार्यक्रमको आयोजना गरेर सो मनोनयन घोषणा गरेको हो । उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरु उपस्थित थिए ।
विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीको साझा कार्यक्रम गोल्डन ओक १२औं कृति अवार्डस् २०७९को तीन शीर्षक मध्य मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तर्गतका विधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको आज घोषणा गरिएको हो । यस गोल्डन ओक १२औं कृति अवार्ड्समा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।
गोल्डन ओक १२औँ कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ। त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ विकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइटिपीएफ, प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् ।
गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टीमा २५ भदौमा हुँदै छ । कार्यक्रममा बाह्रौँ कृतिका ट्राभल पार्टनर–गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्