दरबारमार्गको हिम इलेक्ट्रोनिक्स शोरुम अपग्रेड «

दरबारमार्गको हिम इलेक्ट्रोनिक्स शोरुम अपग्रेड

नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ ।
यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ । शोरुमको उद्घाटन सामसुङ साउथ वेष्ट एसिया, नेपाल ब्रान्च हेड सुङ जुन पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए ।
उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिए ।
सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ । हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजामार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकलाई प्रदान गर्दै आएको छ ।
कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामाग्री उपलब्ध गराउनुका साथै विश्व स्तरमा प्रख्यात सामाग्रीहरू उचित मूल्यमा र ईएमआई सेवाहरूमार्फत पनि सजिलै उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्