Logo

किरण र पलेशा राखेपका उत्कृष्ट वर्ष खेलाडी

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् ।
राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए । विदेशी क्लवमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तान समेत रहेका थिए ।
दुई साता अघि मात्र किरण सम्मलित माल्दिभ्सको माजियाले माल्दिभ्सको लिग र एएफए कपको उपाधि जितेको थियो । यस्तै गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेकी पलेशाले मंसिरमा एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजी मुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी हुन् । जुनियर महिलामा उत्कृष्ट बनेकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एशियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जितेकी थिइन् । सुदीपले भने १२ औं राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
राखेपले वार्षिक उत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ घोषणा गरेको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ सोही अवसरमा सम्मानित भएको छ । त्यस्तै द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रुपमा सम्मान थापे । कार्यक्रममा कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरि १ सय ४१ राखेप कर्मचारी पनि विभूषित भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभुषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्