जापानको मुद्रास्फीति तीन वर्षकै उच्च «

जापानको मुद्रास्फीति तीन वर्षकै उच्च

जापानको मुद्रास्फीति झन्डै ३ वर्षकै उच्च कायम भएको छ । यसलाई उपभोक्ता मूल्य वृद्धिका लागि प्रयासरत रहेको केन्द्रीय बैंक बैंक अफ जापानका लागि सकारात्मक संकेत मानिएको छ ।
तर यो वृद्धिको ठूलो हिस्सा मेमा पर्ने जापानको १० दिने बिदा अगाडिको प्याकेज टुरको शुल्कमा भएको वृद्धिबाट आएको छ । विस्तारित भएको व्यापार तनावले निर्यातमुखी अर्थतन्त्रमा प्रभाव परिरहेको समयमा यसले दीर्घकालीन सुधार भने दिन सक्नेप्रति भने शंका व्यक्त गरिएको छ ।
१ वर्षअघिको तुलनमा अप्रिलमा कोर उपभोक्ता मूल्यमा ०.९ प्रतिशतको वृद्धि भएको छ । यो मध्यम बजार प्रक्षेपणकै हाराहारीमा हो भने अघिल्लो महिनाको ०.८ प्रतिशत वृद्धिको तुलनामा बढी भएको सरकारी तथ्यांकले देखाएको छ ।
अस्थिर खाद्य र ऊर्जा मूल्यलाई समावेश नगरिएको कोर सीपीआई अप्रिलमा ०.६ प्रतिशतले वृद्धि भएको छ । यो २०१६ को जुनदेखिकै ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ ।
“केही कम्पनीहरूले बढेको मूल्य घरधुरीमा सार्ने लक्ष्य लिएका छन्, तर ज्याला वृद्धि मन्द भएको उपभोक्ता मूल्य वृद्धिप्रति संवेदनशील देखिएकाले यस किसिमको प्रयास सफल हुनेमा शंका देखिएको छ,” नोरिन्चुङकिन रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री ताकेसी मिनामीले बताए ।

प्रतिक्रिया दिनुहोस्