तेस्रो टीबीसी जब फेयर १७ भदौमा «

तेस्रो टीबीसी जब फेयर १७ भदौमा

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ अर्थात १७ भदौमा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् । त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङर द ब्रिटिस कलेज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्