Logo

ब्लाक एण्ड डेकरको डबल डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् । लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।
स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्डको पर्फ्युम नि:शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन नि:शुल्क प्राप्त गर्न सक्नेछ । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।
ग्राहकले यो योजनाको लाभ १६ भदौदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।
ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्