Logo

नेपाल एयरलाइन्सका अध्यक्षले संस्था बिगारेको आरोप

sf7df8f}F, ^ ;fpg . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL hLjg/fd >]i7, z’qmaf/ afn’jf6f/df ;+:s[lt, ko{6g tyf gful/s p88og dGqfnon] cfof]lht jLkL sf]O/fnf /fli6«o k’/:sf/ @)&* ;dk{0f ;df/f]xdf ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाएका छन् ।
मन्त्री श्रेष्ठले एयरलाइन्सले सबै आन्तरिक तथा बाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताए । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उनको आरोप छ । जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताए । मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताए । उनले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताएका छन् । कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको भन्दै उनले अदालत विकासप्रेमी हुनुपर्ने बताए । अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए । उनले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्