विद्यालय पुस्तकालय म्यानुअल सार्व‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक «

विद्यालय पुस्तकालय म्यानुअल सार्व‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी ब्रजाचार्य पुस्तकको विमोचन गरेका हुन् ।
कथालयद्वारा प्रकाशित उक्त हाते पुस्तकको लेखनमुरारिविनोदपोखरेल, भोलाकुमार श्रेष्ठगरेका हुन् । ३ हजारभन्दा बढी विद्यालयको अनुगमन र २० वर्षको आफूहरूको अनुभवमा पुस्तक प्रकाशन गरिएको लेखकहरूको भनाइ छ ।
विद्यालयहररूमा भएका जनशक्तिबाट नै व्यवस्थित तरिकाबाट विद्यालयमा पुस्तकालयको व्यवस्थापन गर्न सकिने गरी यो निर्देशिका तयार पारिएको छ । साथै हरेक विद्यार्थीलाई नियमित र निश्चित समयमा पुस्तकालय आउने, पुस्तक लाग्ने समयको व्यवस्थापनमा यो पुस्तकले सघाउने लेखक राजीवधर जोशीले बताए । पुस्तकालय स्थापना गर्दा कस्तो कोठा र कति क्षेत्रको चाहिने, कक्षा स्तरअनुसार कस्ताकस्ता पुस्तक संग्रह गर्नेदेखि फर्निचर कस्ता र कति साइजका राख्नेजस्ता प्राविधिक पक्षलाई पनि पुस्तकमा नक्सासहित जानकारी गराइएको छ । बजारमा आएका पुस्तकहरूप्रति शिक्षक र विद्यालयको चासो हुनुपर्ने, पुस्तकालयमा गाइड(गेसपेपर वर्जित हुनुपर्ने तथा पुस्तकालय सञ्चालनका लागि कस्तो समिति आवश्यक हुन्छ भन्नेबारे पनि पुस्तकमा सुझाइएको छ ।
पुस्तकालय स्थापनाको पहिलो चरणदेखि सञ्चालनको अवस्था र त्यसको अनुगमनसम्मका कुराहरू समेटिएकाले विद्यालयमात्रै होइन पुस्तकालय सञ्चालन गर्न चाहने संघसंस्थाका लागि यो पुस्तक महत्वपूर्ण हुन सक्ने कथालयले जनाएको छ ।
७२ पृष्ठको पुस्तकको मूल्य ३५० राखिएको छ ।अबका केहि दिनमा नै यो पुस्तक बजारमा उपलब्ध हुने छ । सोही कार्यक्रममा समाजसेवी एवं पुस्तकालय अभियन्ता भोलाकुमार श्रेष्ठको एकल लेखन रहेकोसंस्मरण ुपुस्तकालयसँगको जीवन यात्राु पनि विमोचन गरिएको थियो।
श्रेष्ठले संस्मरणमा आफ्नो शैक्षिक अनुभव, चिसापानीको चालचलन, संस्कार र परम्पराको ऐतिहासिक जानकारीबारे उल्लेख गरेका छन् । पुस्तकालय दिवसकै अवसरमा ुस्मारिकाु पन्ध्रौं पुस्तकालय दिवस २०७९ पनि सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्