द राउण्ड टेबल नेपालको विद्यालयलाई सहयोग «

द राउण्ड टेबल नेपालको विद्यालयलाई सहयोग

सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो ।
२४ लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको छ । यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
द राउण्ड टेवल नेपाल अन्र्तगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेवल १५ ले मोरङको रंगेली नगरपालिकास्थित महेर्शी मेही आधारभूत विद्यालयलाई १५ लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो विद्यालयमा शौचालय र कम्पाउण्ड वाल निर्माण गरेको हो ।
राउण्ड टेवलले सो विद्यालयमा बहुवर्ष योजना अन्तर्गत १ करोड रुपैयाँ भन्दा बढीको लगानी गरी सकेको छ र राउण्ड टेवलले हरेक वर्ष उक्त विद्यालयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्