Logo

क्यूएफएक्स सिनेमा र खल्तीबीच साझेदारी

टिमक्वेस्टद्वारा प्रवद्र्धित क्यूएफएक्स सिनेमाले आफ्नो एपमार्फत चलचित्र टिकट खरिदका लागि खल्तीसँग विशेष साझेदारी गरेको छ ।
यो साझेदारीअघि क्यूएफएक्सका ग्राहकले क्यूएफएक्स एप वा वेबसाइटमा लगइन गरेर मात्र चलचित्रहरू किन्न सक्थे भने अब खल्ती एपबाट मात्र ५० सेकेन्डमा चलचित्रको टिकट खरिद गर्न सक्नेछन् ।
खल्ती एपबाट टिकट खरिद गरेपछि प्रयोगकर्ताले क्यूएफएक्सको लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् । खल्ती र क्यूएफएक्सले १५ भदौमा लबिम मलमा आयोजना गरेको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्स दुवैका अतिथि वक्ताहरू साथै अभिनेत्री पूजा शर्मा पनि थिइन् ।
उनी खल्ती र क्यूएफएक्सलाई समर्थन गर्न र उनको आगामी फिल्म ‘सम्हालिन्छ कहिले मन’ बारे केहि शब्द राख्न प्रेस मिटमा सहभागी भएकी थिइन्। चलचित्र १६ भदौमा सबै क्यूएफएक्स सिनेमाघरमा रिलिज हुँदै छ । प्रयोगकर्ताले खल्ती एपबाट ‘सम्हालिन्छ कहिले मन’ को कुनै पनि क्यूएफएक्स सिनेमा हलको टिकट किन्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्