Logo

आइएमई र पतञ्जलीबीच सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धत भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आइएमई इन्डियाका प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परम पूज्य स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनीहरूको परिवारका सदस्य वा नातेदारलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्