Logo

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति उनका सुपुत्र, बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालिका सञ्चालक राजेश बाबु श्रेष्ठले मण्डललाई हस्तान्तरण गरे ।
धनुषाको धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले उनको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्