डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ «

डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

केन्द्रीय बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वायर ट्रान्सफर, बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत कारोबार गर्न नपाइने व्यवस्था गरेको छ । यसैगरी, क्यासिनोमा जुवा खेल्दा र घोडा तथा कुकुर दौड लगायतमा पनि डलर कार्डमार्फत भुक्तानी गर्न पाइँदैन । राष्ट्र बैंकले डलर कार्डमार्फत भुक्तानीमा शर्त पनि राखेको छ ।
डलर कार्डबाट नचाहिने वस्तु तथा सेवासमेत खरिद हुन थालेको भन्दै केन्द्रीय बैंकले थप शर्तहरु राखेको छ । यसअघि अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकले ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्