टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड «

टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड

टीभीएस कम्पनीले धनगढी क्षेत्रमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ ।
११ भदौमा धनगढीको वागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित राइड अन्तर्गत ४० जना राइडरले सहभागिता जनाएका थिए ।
कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरीलगायतको सहभागिता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारीसमेत मिलेको बताए । त्यस क्रममा उनीहरुले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्याप्टर सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको जनाएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्