सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार «

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

सन्राइज बैंकले थप चार स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ ।
बैंकको ९२औं र ९३औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका दुधिअवामा विस्तार गरेको हो । यसैगरी बैंकले ९४औं शाखारहित बैंकिङ सेवा सिराहा जिल्लाको लहान नगरपालिका शोभापुरमा सञ्चालनमा ल्याएकोे छ । ९५औं शाखारहित बैंकिङ सेवाको सुरूवात बैंकले झापा जिल्लाको झापा गाउँपालिका, शरणामतीमा गरेको छ ।
शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिटेन्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले उक्त बैंकिङ सेवा सुरू गरेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्