Logo

अग्नि ग्रुपद्वारा कुरिनटारमा महिन्द्राको शोरुम स्थापना

अग्नि ग्रुपले पृथ्वीराजमार्गमा पर्ने कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधासम्पन्न शोरूम स्थापना गरेको छ ।
कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृंखलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रमुख अन्जनीकुमारी पोखरेल, कालीबहादुर गण भरतपुरका गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजंग चन्द, अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले र अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा उद्घाटन गरे ।
अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृंखलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।
महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टसको लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्