सिटी एक्सप्रेसको दसैं तिहार लक्षित योजना सार्वजनिक «

सिटी एक्सप्रेसको दसैं तिहार लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ ।
कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
कम्पनीका अनुसार उक्त अफर १५ भदौदेखि १५ कात्तिकसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुनेसमेत कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्