रमादाएन्कोर होटल र सिटिजन्स बैंकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादाएन्कोर होटलबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले रमादाएन्कोर होटलबाट प्रदान गरिने सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
ग्राहकको वित्तीय आवश्यकता सुरक्षित रुपले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा ल्याइसकेका छ ।