Logo

काठमाडौंमा भारतीय अभिनेता गोविन्दा

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभिनेता गोविन्दाले दर्शकलहरूले कलाकारलाइ सधैं साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए ।
उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसावबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारहरूले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारका धनदाता मातापिता उद्योगी,व्यापारीहरू भएको बताए ।
उनले भने, ‘दर्शकलहरूले कलाकारलाइ सधैं साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरूले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’
भूषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रूपमा भाग लिन गोविन्दा नेपाल आउनुभएको हो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् ।

प्रतिक्रिया दिनुहोस्