दर खाने दिन एससिटी कार्डमा छुट क्यूआरमा क्यासब्याक

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले हरितालिका तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।
दरो अफर अन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत अर्थात एक सय रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् । एससिटी यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना दर खाने दिन १३ भदौका दिन मात्र लागु हुने बताइएको छ ।