पिपुल्स पावरको आइपीओ बाँडफाँट नतिजा «

पिपुल्स पावरको आइपीओ बाँडफाँट नतिजा

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोला प्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन् ।
जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । कम्पनीको आइपीओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकोमा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
कम्पनीले ३१ साउनदेखि १५ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।
यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आइपीओ सर्वसाधारणमा बिक्रीमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्