एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता «

एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआईआई)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।
उक्त लगानी भित्र्याउन एनएमबि बैंक र बिआईआईबीच सम्झौता भएको छ । आन्तरिक स्रोतले मात्र बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।
यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास लिएको बैकले जनाएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाइ एक कदम अगाडि पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्