मेगा क्यापिटलको तीजमा नारी पोर्टफोलियो सेवामा छुट
मेगा क्यापिटलले हरितालिका तीजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने जनाएको छ ।
यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने विश्वास लिएको कम्पनीको भनाइ छ । आफूले पर्याप्त समय दिन नसक्दा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएपनि विशेषज्ञहरुबाट महिलाहरुले व्यावसायिक तवरले नि:शुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्ने छन् ।
उक्त सेवा न्यूनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने क्यापिटलले जनाएको छ ।
विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकाले यो सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २१२ भदौदेखि १२ असोज २०७९ सम्म लागू हुने बताइएको छ ।