खल्ती र प्रि–स्कूल एजुकेटर्स नेपालबीच सम्झौता

एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ ।
यस साझेदारीसँगै अब अपेनसँग आवद्ध ६०० भन्दा बढी मन्टेश्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत् भुक्तानी गर्न सक्ने बताइएको छ । साथै अपेनसँग जोडिन चाहने मन्टेस्वरीहरुले पनि अपेनको रजिस्ट्रेशन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् ।
खल्तीले अपेनसँग आवद्ध रहेका हरेक मन्टेस्वरीलाई डिजिटल शुल्क संकलनको सुविधा प्रदान पनि गरेको जनाएको छ । जसअन्तर्गत अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मन्टेस्वरीहरुले नि:शुल्क रूपमा डिजिटल शुल्क संकलन गर्न सक्ने सुविधा रहेको बताइएको छ ।