Logo

जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहनेछु : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएको डिप ट्युबवेलको उद्घाटन गरेका छन् । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले समृद्ध तराई मधेस सिँचाई विशेष कार्यक्रमअन्तर्गत १ करोड लागतमा निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गर्नुभएको हो ।
ट्युबवेल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले राप्तिसोनारीलाई कृषी र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताए । उनले सिँचाइ सुबिधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रका रुपमा समेत बिकास गर्ने लक्ष्य राखीएको बताए ।
बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुने सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषीउपज कोहलपुर र नेपालगन्जको तारे होटलमा बिक्री गर्न सकिने बताए ।
जनप्रतिनिधीहरूले बिकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउँदै उनले बिकासलाई स्थानीय जनताले सदुपयोग गर्न सक्नुपर्नेमा समेत जोड दिएका थिए । बालापुर क्षेत्रमा डिप ट्युबवेल, बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागि पहल गरेका मन्त्री अथकले राप्तीसोनारी ८ नम्बर वडालाई समेट्ने गरि ११ किलोमिटर लामो रिङरोड निर्माणका लागी समेत पहल भइरहेको उल्लेख गरे ।
बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका मन्त्री अथकले आफू जनप्रतिनिधीका रुपमा रहँदा र नरहे पनि एक राजनैतिक नेतृत्वका हिसावले जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरि पनि जनप्रतिधी बन्न सक्नेतर्फ संकेत गर्दै उनले बाँकी कामहरू आगामी कार्याकालमा समेत इमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन उषा, राप्तीसोनारी–८ का अध्यक्ष सालिकराम डाँगीलागयतले संघिय सांसद र मन्त्रीका रूपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
१ करोड लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाले बालापुर गाउँका १ सय ५० बढि किसानको झन्डै ९० विगाह जमिनमा सिँचाइ सुविधा पुग्ने बताईएको छ । आकासे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरूलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानिय हिम लाल डाँगीले बताए । उनले मुस्किलले १ बाली मात्रै खेती हुने सो स्थानमा अव सहजै ३ बालीसम्म खेती गर्न सकिने भन्दै खुसी ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्