मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई «

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपाल–२०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप पूर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धु्रर्व बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा थिए ।
मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरूलाई श्रृंगार, नृत्य, व्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए ।
यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।
कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन् । विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्