Logo

प्रदीप खड्काको आक्रोश: चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ

अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरूमा प्रदर्शनका लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरूले प्रदर्शनका लागि स्थान नदिएको बताएका हुन् । अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरूले स्थान नदिएको गुनासो गरे । उनले प्रकाशलाई ३ बजेपछिको शोहरू पनि नदिएको र बिहानको शोहरू पनि नदिएको बताउनु भयो । उहाँले ठूलो हलहरूले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताए । उनले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए ।
उनले भने, ‘सीधाभन्दा ओपन कम्पिटिसन हो । बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौं । सामान्य कुरा हो । तर बायसनेस भयो कि भएन भन्ने कुरा मात्रै हो मेरो । हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि । त्यसरी ट्याग लगाउन त भएन नि ! उहाँहरूले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । हामी हिजोबाट बोल्न थालेपछि सिनारियो चेन्ज भएको छ । हामीले फिल्म प्रदर्शनी गर्दा परिस्थिति अर्कै थियो । ३ बजेपछि प्रकाशको शो नै छैन । सबैभन्दा ठूलो हलहरूले शो दिएका रहेनछन् । फिल्म बनाएका छौँ । हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनपर्ने भएको छ । हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो । यदी शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो । कतै न कतै नियतमा खोट छ ।’
अभिनेता खड्काले सिनेघर सञ्चालकहरूको नियतमा खोट रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्