वागीश्वरीमा मोती जयन्तीको अवसरमा गजल गोष्ठी «

वागीश्वरीमा मोती जयन्तीको अवसरमा गजल गोष्ठी

वागीश्वरी मावि र वागीश्वरी कलेजको संयुक्त आयोजनामा १५७ औं मोती जयन्ती गजल गोष्ठी गरेर मनाइयो ।
गोष्ठीमा गजल गायक कोमल रिजालले विभिन्न गजल प्रस्तुत गरे भने उनलाई तबला बादक श्यामसुन्दर कायष्ठले साथ दिएका थिए ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले स्वागत गर्दै मोतीराम भट्टको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेको उक्त गोष्ठीमा शिक्षकहरु हरिप्रसाद बास्तोला, इन्द्रकुमार श्रेष्ठ, गीता खनाल, हरिसुन्दर पोतामहा, श्रीया पहिजु, हिरा फु“यालसहित अतिथिहरु चन्द्रप्रसाद ढकाल र विदुरप्रसाद तिमिल्सिनाले पनि आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।
गोष्ठीका बीच–बीचमा शिक्षक गनु साम्पाङ राईसहित विभिन्न विद्यार्थीहरुको गीतले प्रस्तुति गोष्ठीको वातावरण अत्यन्त रमाइलो भएको थियो भने गोष्ठीमा श्रृङ्गारिक, सामाजिक एवं समसामयिक राजनीतिक विषय वस्तुहरुलाई समेटी मानविकी समूह कक्षा ११, १२ र नेपाली मूल विषय स्नातक तहका २५ जना विद्यार्थीले गजल प्रस्तुत गरेका थिए ।
मोतीराम भट्टको फोटोमा पुष्पार्पण गरी सुरु भएको उक्त गोष्ठीमा वागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बर्सेनि भइरहेको यस कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएकोमा नेपाली भाषा शिक्षण विभागलाई धन्यवाद दि“दै गोष्ठीको क्रममा सङ्कलित साहित्यिक रचनाहरुको सङ्ग्रह प्रकाशित गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा गत साउन महिनामा स्नातक दोस्रो वर्षका विद्यार्थीहरुको निम्ति आयोजित प्राज्ञिक लेखन कार्यशालापछि लेखिएका प्राज्ञिक लेखनमा प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्