बुबाको मुख हेर्ने दिन सानिमा बैंकको छुट योजना «

बुबाको मुख हेर्ने दिन सानिमा बैंकको छुट योजना

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत ग्राहकले रेडिसन होटल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट, बाजेको केक, ओनेक्स ट्रेडिङ (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा ग्राहकहरूले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
यो योजना ११ भदौमा मात्र लागु हुने बैंकले जनाएको छ । बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्