मोदीलाई नेपालको बधाई «

मोदीलाई नेपालको बधाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा उनको विजय भएकामा बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकाल दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्