सिभिल लघुवित्तको अभिमुखिकरण कार्यक्रम «

सिभिल लघुवित्तको अभिमुखिकरण कार्यक्रम

सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिए ।
सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लामा ७५ शाखा कार्यालयमार्फत करिव ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्