टीभीएसद्वारा नारायणगढदेखि सौराहसम्म ‘एओजी राइड’ «

टीभीएसद्वारा नारायणगढदेखि सौराहसम्म ‘एओजी राइड’

टू–ह्वीलर्स कम्पनी टीभीएसले अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत नारायणगढको मल्लश्री मोटर्स प्रा. लि. बाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइटको आयोजना गरेको छ । त्यस क्रममा ४० जना राइडर सहभागी रहेका कम्पनीले जनाएको छ । त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारीसमेत दिएका थिए ।
उनले भने, “हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।”
ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । उनले अन्य ब्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टीभीएसले गरेकोमा खुशी व्यक्त गरे ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोसी, गण्डकी र लुम्बिनी च्याप्टर सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मन पराएको कम्पनीको दाबी छ । यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ ।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्