टाटा मोटर्सको दसैंमा द–सही अफर «

टाटा मोटर्सको दसैंमा द–सही अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैंलाई थप उत्साहजनक बनाउन ‘दसैंमा द–सही अफर’ ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधाहरु पनि रहेका छन् । सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार हरेक वर्षझैँ दसैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् । विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्