सिटी एक्सप्रेस र साउदीको अरब स्थित टेलिमनी बैंकका विजेता घोषणा «

सिटी एक्सप्रेस र साउदीको अरब स्थित टेलिमनी बैंकका विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सन्चालन भएको थियो ।
सो उपहार योजनाअन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाइल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आईफोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २/२ /२ महिना गरी ६ महिनासम्म विद्यूतीय लक्की ड्रमार्फत घोषणा गरिएको थियो । अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
सोही योजना अनुरुप बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । महोत्तरीको राम गोपालपुर निवासी हाल साउदीमा कार्यरत जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ वर्षदेखिसाउदीमा काम गर्दै आइरहेका छन् । सो पुरस्कार वितरण कार्यक्रममा नेपाली दूतावासका मिसन उपप्रमुख दिलिपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत उपस्थित थिए । साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।
सिटी एक्सप्रेसले १६ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्