लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।
कार्यालयका प्रमुख भावना चौलागाईँका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर, भ्याटतर्फ र अन्त शुल्क सेवा कर पनि लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ १७ करोड २० लाख ५४ हजार उठाउने लक्ष्य लिइएकोमा २८ करोड ४० लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्य भन्दा १६५ प्रतिशत बढी हो ।
यस्तै भ्याटतर्फ १७ करोड ९० लाख ४८ हजार उठाउने लक्ष्य लिइएकोमा १७ करोड ९६ लाख १६ हजार रुपैयाँ संकलन भएको छ । यो १०० प्रतिशत बढी हो । यस्तै अन्त शुल्क तर्फ १ करोड ८२ लाख ५२ हजार उठाउने लक्ष्य लिएको थियो । कार्यालयले १ करोड ९६ लाख ६९ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा १०८ प्रतिशत बढी हो । चालु आर्थिक वर्षमा कार्यालयले ४८ करोड २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
कार्यलयमा दर्ता भइ सक्रिय रहेका २२ हजार ३ सय ३५ जना करदाता रहेको चौलागाईँले जानकारी दिइन् । उनका अनुसार आयकरतर्फ १३ हजार ३ सय ८८, भ्याटतर्फ १ हजार ४ सय १७, अन्त शुल्कतर्फ ५ सय ४०, स्वास्थ्य तथा शिक्षातर्फ २, सरकारी निकाय १ सय ९९ र व्यक्तिगत प्यानतर्फ ६ हजार ७ सय ८९ रहेका छन् ।