मुक्तिनाथको नायव प्रमुख कार्यकारीमा बज्राचार्य «

मुक्तिनाथको नायव प्रमुख कार्यकारीमा बज्राचार्य

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका बज्राचार्यले मुक्तिनाथ विकास बैंकमा नियुक्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।
उनको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा करिब १८ वर्षको अनुभव रहेको मुक्तिनाथ विकास बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्