पर्यटन प्रवद्र्धनका लागि शाकाहारी महोत्सव «

पर्यटन प्रवद्र्धनका लागि शाकाहारी महोत्सव

Majestic view: Pokhara city with Fewa lake, Machhapuchre and Annapurna range as seen in recent day. Pokhreli enjoying 13th Pokhara street festival from yesterday to 1st January 2011. Photo/Chandra Shekhar Karki/ Nagarik/ Republica.

वल्र्ड भीगन अर्गनाइजेशन नेपालले २८ भदौदेखि काठमाडौं, लुम्बिनी र पोखरामा हिमालय क्षेत्रको प्रथम विशाल विशुद्ध शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ सञ्चालन गर्ने भएको छ ।
महोत्सव अन्तर्गत २८ र २९ भदौमा लुम्बिनी, ३० र ३१ भदौ तथा १ असारजमा काठमाडौंको सोल्टी होटल र २ र ३ असोजमा पोखराको होटेल ग्राण्डमा हुने आयोजकले जनाएको छ । विश्वमा बढ्दो ग्लोबल वार्मिङलाई कम गराउन सहयोग गर्ने भीगनिज्मको विषयमा सम्पूर्णलाई जानकारी गराउन महोत्सवको आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।
विश्वमा हाल भीगन पर्यटनको सम्भावना दिनहुँ बढ्ने क्रममा रहेको र आफूसँगै प्राणी जगतलाई बचाउनु पर्छ भन्ने धारणाका साथ संसारभर धेरै मानिसले भीगन जीवनशैली अपनाइरहेका छन् । नेपालमा पनि यो जीवनशैली दिनप्रतिदिन बढिरहेको भन्दै आयोजकले सोही विषयलाई अबलम्बन गरी भिगनिज्मको अवधारणालाई नेपालमा पनि अपनाउन मेलाको आयोजना गरेको जनाएको छ ।
भीगन पर्यटन बढेसँगै यस क्षेत्रमा लगानी बढ्ने र नेपालमा उत्पादन भएका भीगन सामग्रीहरुलाई निर्यात गर्न सकिने अवस्था समेत सिर्जना हुने देखिएको आयोजकको दावी छ । यसबाट नेपालको ‘फुड कल्चर’ को प्रवद्र्धनमा समेत विशेष सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्