Logo

एनएमबि बैंकद्वारा महिलाले नेतृत्व गरेको शाखाको घोषणा

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
महिलालाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको बताइएको छ ।
सो कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपालउ द्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारी, महिला उद्यमी, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्