आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर «

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता भएको छ ।
सम्झौता अनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ । प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।
यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ ।
दराज नेपाल र आईएमई पेबीच आईएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्