गरिखाने शिक्षा अहिलेको आवश्यकता «

गरिखाने शिक्षा अहिलेको आवश्यकता

शिक्षा भनेको सबै कुराको पूर्वाधार हो । शिक्षाबिना केही सम्भव छैन, तर त्यस्तो महŒवपूर्ण क्षेत्रलाई राज्यले अलि गम्भीर ढंगले लिनुपर्ने हुन्छ । राज्यको ध्यान त्यसतर्फ गएको छैन । शिक्षको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने हुन्छ । राज्य शिक्षामा लगानीको गर्नुको साटो हात झिक्ने पक्षमा देखिन्छ । शैक्षिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवमरी राज्य लिई जनतलाई साक्षर बनायो भने देश विकासमा सहयोग पुग्नेछ । शिक्षा बिग्रियो भने संसार नै बिग्रन्छ । सबैलाई सपार्ने कुरा शिक्षा हो । हरेक कुराको पूर्वाधार नै शिक्षा हो । अहिले निकै नाजुक छ । यसको स्तर यसलाई सुधार गर्नका लागि एउटा पक्षले मात्रै चाहेर हुँदैन, यसलाई सुधार्न राज्यले स्पष्ट नीति ल्याउनुपर्छ र त्यसलाई कार्यान्वयन गर्नु जरुरी पनि छ ।
राज्यले उत्पादन गरेका विद्यार्थी भोलि गएर अरबको खाडीमा घाममा बालुवामा घोटिएर काम गर्न बाध्य हुने बनाउने होइन कि उसलाई गरिखाने शिक्षा दिनुपर्छ । शिक्षा क्षेत्रको वर्तमान अवस्था के कस्तो छ भनी विभिन्न क्याम्पसका प्राचार्य एवं शिक्षाविद्सँग कारोबारले गरेको कुराकानीको सार :

विद्यार्थीलाई थाहा छैन कस्ता पाठ्यक्रम छन् भनेर
धर्मराज उपाध्याय
क्याम्पस प्रमुख, कैलाली बहुमुखी क्याम्पस, धनगढी
शैक्षिकस्तर त समग्र रूपमा हेर्दा पूरै डामाडोल छ । अहिले विषम चरित्र भएका विद्यार्थीहरू आउँछन् । एकदमै राम्रा मेहनती विद्यार्थी पनि छन् । त्यस्ताको संख्या कम हुन्छ र हाम्रोमा धेरै मापनबाट हेर्दा नजान्ने विद्यार्थी कम हुन्छन् । सरकारी विद्यालय, त्यसमाथि कोभिडका कारण पढाइ त्यति भएन पनि दुई वर्ष । त्यसैले अहिलेका जुन नयाँ विद्यार्थी छन्, यिनीहरूको अत्यन्तै शैक्षिक स्तर कमजोर छ, कोही–कोही राम्रो छैन भन्न त सकिँदैन, तर समग्र हेर्दा शैक्षिकस्तर त्यति ठीक छैन । कोही एबीसीडीसम्म लेख्न नसक्ने पनि छन् । त्यस्ता विद्यार्थी कसरी पास भए, त्यो त भगवान् जानून् । तिनलाई कसले पास गर्‍यो ? राम्रोसँग एबीसीडी अल्फाबेट पनि नसिकी आएकासम्म पाइयो । त्यस्तो संख्या अत्यधिक छ ।
त्यो त शिक्षाको गुणस्तरमा भर पर्छ । तर, सबै विद्यार्थी सफल हुँदैनन् । कोही खोप हानेर बस्छन्, कोही रक्सी भट्टी खोल्छन्, कोही होटेल खोल्छन् । कोही चौकीदार भएर भारत पस्छन्, कोही–कोहीको राम्रो होला । योचाहिँ के हुन्छ भने काहीं कसैले धेरै जोड गर्‍यो भने ऊ सफल हुन्छ । अक्सर ट्रेन कस्तो छ भने पहिले हामी हेरौं न त । कति जना सफल भएका छन् भन्ने हुन्छ । तर, थोरै मान्छे सफल हुन्छन् । कोही निम्न हुन्छन्, कोही गुणस्तर, कोही मध्यम हुन्छन् पछि । अहिले यो देशको मात्रै नभएर विश्वकै समस्यामध्ये एक हो । बाँकी नेपालको तलबले के देखिन्छ भने अहिले निम्न देखिन्छ र धेरै मेहनती विद्यार्थी सबै विदेश पलायन भए, उनीहरू सबै यो देश चाँडो छोडेर जानेमा छन् । अहिले हाम्रो प्रथम तहमा सात सय विद्यार्थी भएको ठाउँमा अहिले तेस्रो तहमा दुई सयमा घट्छन् । त्यसमा पनि पुरुषहरू कुनै जापान, कोही कोरिया । कोही खाडी मुलुकको तयारीमा हुन्छन् । विदेशमा पनि धेरै राम्रो शिक्षा पाउने त होइनन् । तर पनि जानुको कारण नेपालको भन्दा तलब बढी हुन्छ भन्ने हिसाबले जान्छन् । हुन्छ पनि, त्यसैले यो देशले त्यस्तो कुनै किसिमको चित्त बुझाउन नसकेको अवस्था हो । हुनेखाने विदेसिन थाले, हुँदा खाने नेपालमै बस्न बाध्य हुन्छन् । पछि–पछि यो त आशाहीनको अवस्था छ र यो हाम्रो ठाउँ नभई देशभरिकै यस्तै होला ।
गुणस्तर खस्किनुको मुख्य कारण के हो भने नैतिकता भन्ने कुरा । सबै देशमा हरेक मानिस अनैतिक भएर यस्तो भयो । ०४६ सालको परिवर्तनले सबैभन्दा बिगारेको कुरा के हो भने सबैलाई भ्रष्ट बनायो । मैले बुझेको अहिले भनेको व्यापक खुलावाद आयो । यसले विश्वका सम्पूर्ण उत्पादन हाम्रा अगाडि राखिदियो । फास्टिङ टेक्निकल्लीले ल्याएका वस्तुहरू आए । यो जीवनशैली जिउन सबैलाई मन पर्न थाल्यो । यसमा के भयो भने पण्डित पनि भ्रष्ट भए, नेता पनि भ्रष्ट भए । समाजका हरेक मानिस जसलाई आफ्नो स्तरभन्दा धेरै पैसा छिटो चाहियो । त्यसले गर्दा सम्पूर्ण चरित्र भ्रष्ट भयो । यस्तो जिम्मेवार राजनीतिक नेतृत्व हो, म त त्यो नै देख्छु । यसले धेरै भ्रष्टाचार भए, कानुन भएनन् । कक्षामा गृहकार्य दिएर हेर्न कानुन वा नीति त छैन, अरू के होला र ? त्यो भावना भएन ।
विद्यार्थीको पढ्ने कुरामा रुचि के हुन्छ भने भित्रैबाट प्रेरणा चाहिन्छ । म के बन्ने भन्ने कुरा मलाई पहिले थाहा हुनुपर्छ र त्यही खालको काम हुनुपर्छ । तर, हामीकहाँ त्यस्तो कुनै योजना नै छैन । अहिले जुन अध्ययन गर्दैनन्, त्यसको तयारी पनि गर्दैनन् । हाम्रो सुदूरपश्चिममा ३० लाख जनसंख्या छ, एउटा पुस्तकालय छैन । यो पहाडमा रक्सीका भट्टी गल्ली–गल्लीमा होलान् तर पुस्तकालय भेटिँदैन । पढ्ने बानी छैन भने त्यहाँ विद्यार्थी राम्रो कसरी बन्ला । विद्यार्थीलाई थाहा छैन, कस्ता पाठ्यक्रम छन्, कस्तो पढ्न आवश्यक छ, कुन ज्ञान लिँदा हामीलाइ उचित भन्ने थाहा नै छैन । कसरी प्रश्न सहज र कसरी गाह्रो भनेर छुट्ट्याउलान ?

हरेक कुराको पूर्वाधार नै शिक्षा हो
हीराकुमार राई
क्याम्पस प्रमुख
दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल, खोटाङ
हामी १२ कक्षाभन्दा बढी स्नातक तहलाई ध्यान दिन्छौं । हाम्रो सरकारी भनेर बाहिरबाट उब्रेका आउने हुन् । तर, अब नेपालको समग्र शैक्षिक अवस्था हेर्दा खेरि शैक्षिक संस्था चलाउने भन्दा पनि नेपाल सरकार बढी जिम्मेवार हुनुपर्छ भन्ने हो । शिक्षा भनेको सबै कुराको पूर्वाधार हो । शिक्षाबिना अहिले आधुनिककालमा केही सम्भाव छैन, तर त्यस्तो महŒवपूर्ण क्षेत्रलाई राज्यले अलि गम्भीर भएर लिएको छैन । तर, अब हेर्दा संसारमै कोरोनाकालमा के देख्यौं भने जुन रूपमा चाहिँ यो शैक्षिक अवस्था आश्वस्त थियो र नेपालमा शिक्षा क्षेत्र लथालिङ्ग भएको पनि सुन्नमा आएको छ । तर, संसारमा त्यत्रो कोरोनाले संसारमा शिक्षण क्षेत्रबाट केही गुनासो आएनन् । अर्कातिर हामीकहाँ काठमाडौंमा पढ्न सक्ने हैसियत भएका मात्रै विद्यार्थी होइन, अभिभावक होइनन् । अब यहाँ त गाउँघर, दूरदराजमा बस्ने विद्यार्थी छन् । ऊसँग एउटा स्मार्ट फोन छैन, उसले डाटा किन्न सक्दैन, इन्टरनेटको पहुँच छैन । यी धेरै कुराहरू छन् । यी कुरा व्यवस्था गर्ने जिम्मा राज्यको हो । राज्यले यी क्षेत्रमा लगानी गर्न नसकेको अवस्था देखिन्छ । त्यसले गर्दा चाहिँ कोरोनाबाट शिक्षा क्षेत्र निकै तहसनहस नै बन्यो । अब हामीले स्नातक हतको कार्यक्रमलाई हेर्ने हो भने जुन हिसाबले परीक्षा सञ्चालन हुनुपर्ने हो, त्यो हिसाबले परीक्षा सञ्चालन गर्न सकिराखेको अवस्था छैन । यस्ता कमजोरी त कति छन्, यो सानो संवादमा सकिने कुरा होइन । यसमा हामी सबै सरोकारवाला हौं । शिक्षा बिग्रियो भने संसार नै बिग्रन्छ । सबैलाई सपार्ने कुरा शिक्षा हो । हरेक कुराको पूर्वाधार नै शिक्षा हो । अहिले निकै नाजुक छ । यसको स्तर यसलाई सुधार गर्नका लागि एउटा पक्षले मात्रै चाहेर हुँदैन, यसलाई राज्यले स्पष्ट नीति ल्याउनुपर्छ र त्यसलाइ कार्यान्वन गर्नु निकै जरुरी पनि छ ।
राज्यको नीति शिक्षा क्षेत्रमा राम्रो खालको शिक्षा नीति छैन, जुन हामीले उत्पादन गरेका विद्यार्थीहरू भोलि गएर अरबको खाडीमा घाममा बालुवामा घोटिएर काम गर्न बाध्य हुने हो भने उसलाई यो शिक्षाले गरिखाने बनाएन, नत्र एउटा कुरा शिक्षा आर्जन गर्दैमा उजागर हुनुपर्छ भन्ने छैन । किनकि शिक्षाले उसको विचारलाई भावनालाई फराकिलो, उज्यालो बनाउने कुरा छँदै छ । जुन क्षेत्रमा उसले अध्ययन गर्‍यो । त्यही क्षेत्रमा उसले भोलि रोजगार नै हुनुपर्छ भन्ने कुरामा म सहमत छैन । त्यस्तो हो भने शिक्षाले उसको जीवनलाई परिवर्तन गर्न भूमिका निर्वाह गर्नुपर्छ र विशेष गरेर हामीले प्राविधिक शिक्षामा जोड दिएका छौं । योगदान गर्नका लागि सरकारले सही निति ल्याएको छैन, जुन हामी दूरदराजका, जुन उपत्यकामा गएर पढ्न नसक्नेहरूलाई पनि विज्ञान र प्रविधि, जुन जोड दिएको छ, त्यस्तो सबैले सबैको पहुँचभित्र छैन, जहाँ त्यस्तो पहुँच छ त्यहाँ राज्यले उत्पादन गरेर बजारमा उतार्न सकेको अवस्था छैन । त्यो सबै हामीले अरू देशका लागि हामीले उत्पादन गरिरहेका छौं, त्यसलाइ हामीले यहीँ रहने वातावरण रहनुपर्‍यो र शिक्षा दिएका छौं, त्यो पाठ्यसामग्री पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । हामीले प्रदान गर्ने शिक्षाले उसलाइ भोलि गरिखाने बनाउनुपर्‍यो ।
अहिले नेपालमा ११ वटा विश्वविद्यालय छन् । त्यसमा पनि सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । यसको पनि अहिले गुणस्तर खस्किएको अवस्था छ । यो कुरा सबैले महसुस गरिरहेको अवस्था छ । त्यसलाई सुधार गर्नका लागि हामी लाग्नुपर्छ । त्यसमा विश्वविद्यालयमा सबैभन्दा बढी पहल गर्नुपर्छ । यो आरोप–प्रत्यारोपको कुरा नगरौं ।

स्तरीय विद्यार्थीलाई हामीले रोजगारीमा आकर्षण गर्न सकेनौ
किरणप्रकाश न्यौपाने
क्याम्पस प्रमुख, कौस्तुभ एकेडेमी, पेप्सिकोला, काठमाडौं
दुई वर्ष कोभिडले प्रभाव पारेको ब्याच पनि हो । यो कक्षा ९ हुँदै १० मा पनि विद्यार्थी भाइबहिनीहरूले त्यति धेरै भौतिक कक्षामा सामेल हुन नपाएको अवस्था हो— अनलाइन अध्ययन गर्नुपर्ने र अनलाइनमै परीक्षा दिनपर्ने । अनलाइन त्यति प्रभावकारी नभएकाले तुलनात्मक रूपमा पहिलेको एक–दुई ब्याचभन्दा अहिलेको एक–दुई ब्याच अलिकति पढाइकै कारणले पढाइमै समस्या भएकाले गुणस्तरको कुरामा पनि अलिकति पछाडि रहेको अवस्था देख्न सकिन्छ ।
प्रतिस्पर्धाको कुरामा वा भोलि गएर भविष्यमा चाहिँ यति दुई वर्ष उनीहरूलाई गाह्रो भएको अवस्था हो, तर अब विद्यार्थी भाइबहिनीहरू अरू बजारमा जाने, अरूसँग प्रतिस्पर्धा गर्ने, यही ऐच्छिकसम्मकै अध्ययनमा माध्यम मात्रै होइन, उनीहरूले अझै पढ्न धेरै बाँकी छ । त्यो कुरामा त हामी शैक्षिक संस्था सञ्चालक, अभिभावक सबैले अहिलेका विद्यार्थीलाई के बुझाउन आवश्यक छ भने उनीहरूले अबको अध्ययनमा अझै बढी मेहनत, अलि बढी प्रयास गर्नुपर्छ । जसले गर्दा विद्यार्थीहरूले पुरानो ब्याचका प्रतिस्पर्धीसँग पनि प्रतिस्पर्धा गर्नका लागि सफल बनाउन सक्नुपर्‍यो । त्योचाहिँ धेरै विद्यार्थीका साथै हाम्रो भूमिका रहन्छ । दुई वर्षमात्रै हामीले मध्यनजर गरेर त्यति धेरै परसम्मको विश्लेषण गरिहाल्न नमिल्ला, उनीहरूले मेहनत गरे भने पक्कै पनि प्रतिस्पर्धामा आउन सक्छन्, दुई वर्षमा नै उनीहरू पछाडि परिहालेको अवस्थाचाहिँ छैन ।
तपाईं हामीले यसलाई कसरी पनि विश्लेषण गर्न आवश्यक छ भने शिक्षाको गुणस्तर खस्केको भन्दा पनि गुणस्तरीय विद्यार्थीलाई हामीले हाम्रै देशमा रोजगारीमा आकर्षण गर्न नसकेको प्रमुख समस्या हो, जो विद्यार्थी अब्बल छन्, शिक्षाको गुणस्तरमा आफूलाई धेरैमा राख्न सफल थिए, उनीहरूमध्ये धेरै विद्यार्थीहरू विदेश पलायन छन् र यो नेपालकै कमजोरी र विभिन्न कारणवश छोडेर जान बाध्य भइराखेका छन् र आफ्नै समस्या भएका विभिन्न कारणवश नेपाल बस्ने विद्यार्थी नेपालको रोजगारीको बजारमा उपलब्ध भएको कारणले गर्दा खेरि गुणस्तर खस्किएको भन्दा पनि गुणस्तरीय विद्यार्थी नेपालभन्दा बाहिर धेरै गएको नेपाली रोजगारीको बजारमा आकर्षण गर्न नसक्नुको परिणाम हो यो ।
योचाहिँ सबै पक्षको एउटा कमजोरी रहेको छ, जस्तो अब परीक्षा बोर्डले चाहिँ एउटा के कुरा दिन आवश्यक थियो भने यो वर्ष परीक्षा दिने विद्यार्थीहरू ‘क्यारिकुलम डेभलभ गार्ड जुन क्याडिएट आवर’ जति कार्यभन्दा आवश्यक पर्ने हो त्यो कोर्सका लागि जति छुट्ट्याइएको हो त्यो शिक्षणमा विद्यार्थीले आफ्नो कोर्स सकेर पक्कै पनि विद्यार्थीले त्यसलाई पुन: पढेका हुँदैनन्, अहिले पनि हामी ११/१२ का विद्यार्थी दसैंपछि बल्ल पढ्न आएको साथै भौतिक कक्षा लिएको अवस्था नेपालका धेरै धेरैजसो प्लस टुका कोर्स सक्नै गार्‍हो हुन्छ, साथै सिलेभसमा भएका कुराभन्दा धेरै पनि सिकाउन जरुरी हुन्छ र सोचाइअनुसारको अध्ययन गर्न नपाएकाले पनि यसको नतिजा परीक्षामा देखिएको हो । प्रश्नपत्र आफैंमा गार्‍हो भन्दा पनि पढाइको एउटा व्यवस्था हामी आफैंले प्रभावकारी बनाउन नसकेको हो र परीक्षाबोर्डले पनि यो कुरालाई मध्यनजर नगर्दा खेरि यस्तो समस्या निम्तिएको हो ।

पठन–पाठनको संस्कृति बदल्नुपर्‍यो
विनोदचन्द्र पन्त
क्याम्पस प्रमुख, पशुपति बहुमुखी क्याम्पस, काठमाडौं
दुई राम्रो वर्षको शैक्षिकस्तर त त्यति राम्रो भएन नि, त्यस्ता विद्यार्थीहरूले कित अलिक धेरै मिहिनेत गर्न पर्‍यो, होइन भने प्रविधिक धार गरिखाने शिक्षातिर जानुपर्छ जस्तो लाग्छ । मलाई जो आफ्नो भविष्यलाई लिएर चिन्ता लिन्छन्, उनीहरूले आफ्नो शिक्षालाई बढी मेहनत गरेर पढ्छन् । ९/१० लाई मात्रै आधार बनाएर हँुदैन, सबैको स्तर राम्रो भएन, बिग्रेका छन् भन्न सकिँदैन, धेरै मिहिनेत गर्ने त जसरी नि कसरी भविष्य बनाउनेतिर लाग्छन्, राम्रो पनि गर्न सक्छन् । उदाहरणका लागि एसएलसीमा बोर्ड हुनेहरूले पनि त ११/१२ मा बिगारेको देख्न सकिन्छ । तर शैक्षिकस्तर खस्केकै अवस्था हो र त्यसलाई अझै खस्किन दिनेभन्दा पनि सुधारमा कसरी ल्याउने भन्ने कुरा हर्नुपर्छ । हामी अभिभावक हामी विद्यार्थी शिक्षक भयौं, तिनीहरू बन्छन्, बिग्रेको कम देखिएला तर कोसिस गर्दैनन् । हाम्रो शैक्षिकस्तर राम्रो छैन भन्ने कुरा स्मरण गर्न सक्दैनन् भने त कसैले पनि भन्न सक्दैन, ऊनीहरूको स्तर राम्रो होला भनेर ।
अहिले शैक्षिकस्तर गुणस्तर नहुनु कोरोना कालको विद्यार्थी मात्रै नभएर सबैको खस्किएको देखियो । समग्र शैक्षिक स्तर नै खस्कियो भन्न सकिन्छ । त्यस्तो कुरामा मध्यनजर गर्दै हामीले के गर्नुपर्‍यो भन्दाचाहिँ यो पठनपाठनको तरिका छ, संस्कृति छ, त्यसलाई बदल्नुपर्‍यो, उनीहरूलाई सधैं किताबमा दिएका कुराहरू मात्रै पढाएको छ । कक्षामा तपाईं–हामीमा जुन अन्तत्र्रिmया हुनुपथ्र्यो नि, अन्तत्र्रिmया नै हुने तरिका नै छैन । त्यो भयो भने विद्यार्थीले पनि यसरी लेख्ने, यसरी पढ्ने थाहा हुन्छ । यो अहिले एकोहोरो भइरहेको छ, सहजीकरण गर्न नयाँ प्रणाली लागू गर्‍यो, त्यो राम्रो छ, तर सेमेस्टर पनि देखिएको छैन । के अहिले सेमेस्टरजस्तो देखिनुपर्‍यो, यो पनि एक किसिमको वार्षिक परीक्षा प्रणालीजस्तो हुन–हुन खोज्दै छ, त्यसमा चाहिँ हामी शिक्षकदेखि पत्रकारले पनि प्रश्न गरी यसलाई सहज बनाउन मद्दत गर्नुपर्छ ।
पढाइको मोडल फेर्नपर्‍यो, हामीले त्रिविबाट पढाउँदा त्यति प्रभावकारी देखिएन, तर त्यसैलाई नै हामीले फरक ढंगले पढाइदियौं भनेर प्रश्न सोधपुछ गर्ने तरिका पनि परिवर्तन हुनपर्छ । जसरी पढाएका छन् त्योअनुसार सोधपुछ पनि त गर्नुपर्‍यो, पढाउन चाहिँ राम्रो पढाएका छैनौं अनि सोधपुछ गर्दा परीक्षा बोर्डले पनि मध्यनजर गर्नु पर्‍यो । मल्टिपल चुच कोइसन भन्ने प्रश्न राखदिने, अब्जेक्ट प्रश्न हुन्छ । त्यो राखदिने, लङ ट्रमका प्रश्नहरू अलि कम राख्दिने, त्यो गर्‍यो भने पास हुने गुणस्तर हुँदै जाने, त्यस्तो कुरा पनि त पढ्लान् नि ! एउटा तहमा सोधेका प्रश्नहरू अर्को तहमा हुन पनि जरुरी छैन । मोडल परिवर्तन गर्न सकिन्छ । त्यसरी परिवर्तन ल्याउँदैमा गुणस्तरका कम हुन्छ भन्ने छैन । त्यसरी सिलेभस भनाएर पाठ्यक्रममा राख्न जरुरी छ र त्यसपछिका दिनहरू पनि अर्कै ढंगले जानुपर्छ । त्यो समय अवधिका लागि मात्रै अर्को समयमा अर्को अवधिबाट चल्न जरुरी देख्छु म ।
प्रश्न हुबहु पाठ्यक्रमको हुन्छ भन्ने पनि हुँदैन अनि विद्यार्थीले के भन्छ भन्दा यो मलाई आउँदैन, पढाएकै थिएन, योचाहि सोधियो भन्छन् । जस्तै, यो स्नातक तहमा अहिले परिक्षा दिने विद्यार्थीको धेरैको गुनासो भने नेपाली प्रश्न नपढाएको मध्येबाट सोध्यो, सरहरूले पहल गर्नुपर्‍यो भन्थे । तर, त्यो त्रिभुवन विश्वविद्यालयलगायत समग्र क्याम्पसको कुरा हो, अब विश्वविद्यालयले पनि विचार गर्ला भन्ने आश छ । तर, पाठ्यक्रमअनुसारको अलिकति प्रश्न घुमाएर सोधियो भने पनि नपढाएको आयो भन्ने जस्तो देखिन्छ, किन–किन मेहनत छैन, विद्यार्थीमा चाहिँ त्यसो हुँदा हामीले व्यावहारिक शिक्षा जुन सैद्धान्तिक कुरा पढाउँछौं, ठ्याक्कै व्यवहारमा उतार्नका निम्ति हामीले यसो गर्नुपर्छ भन्ने कुरा नभनिएको कारणले नै हो जस्तो लाग्छ मलाई, व्यावहारिक शिक्षण–व्यावहारिक शिक्षण भन्छौं हामी, तर त्यो ठ्याक्कै व्यवहारमा उतार्न नसकेको अवस्था देखियो । सैद्धान्तिक रूपमा उतारेमात्रै व्यावहारिक हुन्छ, त्यो नबनाउँदा किताब र पाठ्यक्रम मात्रै पढाएपछि विद्यार्थीले बुझ्दैनन् र गाह्रो लाग्छ । त्यति पाठ्यक्रम बाहिरबाट प्रश्न त आउँदैन, तर व्यावहारिक हुन जरुरी हुन्छ । आयो भने पनि अनौठो नलागोस् ।

प्रतिक्रिया दिनुहोस्